प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जिल्ला जाजरकोटमा

जाजरकोट - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन् । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरे। उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि यहाँ पुगेका छन्र ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics