भूकम्पमा नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

काठमाडौँ– जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।

सदरमुकाम खलंगामास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ६३ जनाको ज्यान गएको पुष्टि भएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics