जाजरकोटमा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका १०९ धक्का
- नेचर खबर

काठमाडौं - शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको बताए ।
राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको थियाे ।
त्यसमा राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए ।
अन्य भूकम्पका धक्का भने चार म्याग्निच्युडभन्दा सानो मापन भएको जानकारी पनि डा.अधिकारीले दिए ।
प्रतिक्रिया दिनुहोस