घाइतेको उद्धार र उपचारमा खट्न ओलीको आग्रह

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गरे । ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौँ’, उनले भभनेका छन्, ‘भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics