भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

उनले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको बताउँदै सम्भव भएसम्मका सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

गएराति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । क्षतिको विरण संकलन भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics