भूकम्प पीडितका लागि कोशी सरकारले छुट्यायो १ करोड, एक ट्रक राहत सामग्री पठाउने
- नेचर खबर
विराटनगर - कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको मन्त्री गणेश उप्रेतीले जानकारी दिए । उनका अनुसार ब्लाङ्केट, त्रिपाल र म्याट्रेस एक ट्रक पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस