जाजरकोट भूकम्प : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
- नेचर खबर

काठमाडौँ- जाजरकोटमा गएको भूकम्पबाट भएको क्षति, उद्धार एवम् राहतबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । भोलि बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गर्ने छ ।
गएराति जाजरकोटको बारिकोट गाउँपालिका १, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस