भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली

काठमाडौँ- सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ ।

भूकम्पबाट प्रभावित पशुपक्षीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो । मन्त्रालयका सचिव डा रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटिने छ । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।

शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट पशुपक्षीसमेत प्रभावित भएकाले कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics