मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै

काठमाडौँ– मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूका लागि राहत घोषणा गर्ने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा भूकम्पबाट प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा घाइतेहरूको स्वास्थोपचारलाई छिटो छरितो बनाउनले लगायत विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जाजरकोट र रुकुम पश्चिम पुगेर भूकम्पबाट भएको क्षतिको अवलोकन गर्दै आजका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पबाट दुईसय भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics