अछाममा भालुको आक्रमणबाट एक बालिका घाइते
- नेचर खबर

अछाम – भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् ।
जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो ।
घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस