जाजरकोट काँपिरहेछ, ३ दिनमा गयो ३८२ पराकम्प
- नेचर खबर

काठमाडौं – जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको मुख्य भूकम्पपछि पनि पराकम्प जाने क्रम रोकिएको छैन ।
सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प गएका छन् ।
कार्तिक १८ गते ४.५, ४.२, ४.३, ४.६ र ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कार्तिक १९ गते ४ र ४.१ म्याग्निच्युडका दुई परकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस