प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै, विपद्का विषयमा छलफल हुने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्न लागेको हो । बैठकमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भएपछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics