भूकम्पबाट जाजरकोटमा मात्रै १ लाख ८० हजार नागरिक प्रभावित
- नेचर खबर

जाजरकोट – गत शुक्रबार जाजरकोटमा गएको भूकम्पबाट करिब १ लाख ८० हजार नागरिक प्रभावित भएका छन् । सबैभन्दा धेरै मृत्यु पनि जाजरकोटमा नै भएको छ ।
जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ ।
प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।
जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस