भूकम्पमा ५१ गाई मरे, पशुधनमा मात्रै १ करोड बढीको क्षति

काठमाडौं – जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १ करोड २५ लाख बढीको पशुधनको क्षति भएको छ ।

पशु सेवा विभागका अनुसार घरहरूसँगै गोठले थिचेर धेरै गाई, राँगा र भेँडाबाख्रा मरेका छन् । हाल सम्मको तथ्यांक अनुसा १ करोड २५ लाख ८७ हजार ५०० रुपैँयाबराबरको पशुधनको क्षति भएको छ ।

जाजरकोटमा मात्रै ३३ वटा गाई मरेका छन् भने ८६ वटा घाइते भएका छन् । त्यसैगरि रुकुमपश्चिममा १८ वटा गाई मरेका छन् भने ७ वटा घाइते भएका छन् ।

यस्तै जाजरकोटमा १४ वटा राँगा मरे भने १४ घाइते भएका छन् । त्यस्तै रुकुमपश्चिममा २६ वटा राँगा मरे भने ३ वटा घाइते भएका छन् ।

जाजरकोटमा ३९९ वटा भेँडाबाख्रा मरे भने ४९२ वटा घाइते भएका छन् । यता रुकुमपश्चिममा ७६ वटा भेँडाबाख्रा मरे भने ४ वटा घाइते भएका छन् । त्यस्तै जाजरकोटमा ३२२ वटा पन्छी मरे भने रुकुमपश्चिममा ७६५ वटा मरेका छन् ।

त्यस्तै जाजरकोटमा १६ वटा खोर÷गोठ भत्किएका छन् । यता रुकुमपश्चिममा ४ कोठ भत्किएका छन् । पशु सेवा विभागका महानिर्देशक डा.उमेस दाहालकाअनुसार भूकम्प आएको क्षेत्रमा तथ्यांक संकलन गर्न समेत गाह्रो भएको छ । पशु सेवा विभागले स्थानिय तहसंग समन्वयगरि औषधी उपाचार र भ्याक्सिन पनि लगाइदै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics