आज काग तिहार, पढ्नुस् रोचक पंछीका २५ तथ्य

आज काग तिहार अर्थात कागलाई पूजा गर्ने र मिठो  ख्वाउने दिन । कागलाई धार्मिक कथन अनुसार यमराजको दुत मानिने चलन छ । कागसँग जोडिएका अनेक रोचक प्रसंगहरु छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिएको पाईन्छ ।

एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने चलन पनि छ । यो पंक्षी अहिले लोपोन्मुख अवस्थामा छैन ।  विश्वको हरेकजसो कुनामा काग पाइन्छ भनिन्छ ।

कागसँग जोडिएका रोचक तथ्य :

१. करिव चालिस प्रकारको काग पाइन्छ । यिनीहरुको आकारप्रकार भिन्न भिन्नै हुने गर्छ ।

२. अन्टार्टिका बाहेक विश्वको हरेक कुनामा काग पाइन्छ ।

३. एक काग करिब १४ बर्षसम्म बाँच्छ ।

४.  रेवन एक प्रकारको काग हो, जो सामान्य कागको तुलनामा ठूलो हुन्छ ।

यसको आवाज पनि धेरै कर्कश हुन्छ ।

५. काग अलग-अलग धार्मिक कुरा र प्रथासँग जोडिएको छ ।

६. कागलाई चालु प्रवृत्तिका भनिन्छ ।

७. कागमा बदलाको भावना धेरै लामो समयसम्म रहन्छ ।

८. जवान कागले, आफ्नो आमाबुबालाई सानो कागको रेखदेखमा सहयोग गर्छ ।

९. यो पंक्षीले अन्य जनवार, मानिसको नक्कल गर्न सक्छ ।

१०. काग आफ्नो साधरण आवाज बाहेक पनि एक अलग भाषामा कुरा गर्छ । यो भाषा उनीहरुले अक्सर अन्य कागलाई खतराको संकेत दिन पनि प्रयोग गर्छ ।

११.  कुनैपनि शिकारीसँग जुध्नका लागि कागहरु एकजुट हुने गर्छ ।

१२. कागको मस्तिष्क मान्छेको मस्तिष्क जस्तै हुन्छ ।

१३.  कागको मस्तिष्क धेरै विकसित हुन्छ । यसको मतलब के भने, काग बुद्धिमान हुनछ ।

१४. जब एउटा काग मर्छ, अन्य कागले त्यसको आसपासको परीक्षण गर्छ । त्यहाँ कुनै खतरा छ वा छैन भन्नका खातिर कागले त्यसको परीक्षण गर्छन् ।

१५. कागको वैज्ञानिक नाम कोरवस ब्रैचिरहिन्कोस् हो ।

१६. मेक्सिकोको बौना जे यस दुनियाँमा पाइने सबैभन्दा सानो प्रजातिको काग हो । यको तौल केवल ४० ग्राम हुन्छ । यसको लम्बाई २१ दशमलव ५ सेन्टिमिटर भन्दा बढी हुँदैन ।

१७. काग धेरै पुरानो पंक्षी हो ।

१८. कागले मान्छेको अनुहार पहिचान गर्न सक्छ ।

१९. काग सर्वहारी हुन्छ । यसले सबै कुरा खान्छ ।

२०. जिमी द रेवेन नामको एक प्रशिक्षित कागले सन् १९३४ र १९५४ को बीच एक हजारभन्दा बढी फिचर फिल्ममा भाग लिएको थियो ।

२१. कागले आफ्नो पुरा जीवनका लागि केवल एक जीवनसाथी बनाउने गर्छ ।

२२.  इजरायलमा केही कागले रोटीको टुक्रालाई चारोको रुपमा माछालाई कसरी ख्वाउने भनेर सिकेका हुन्छन् ।

२३.  प्रशिक्षण विना नै कागका केही प्रजातिले एक उपकरण खोज्न सक्छ, ताकि त्यसले उनीहरुलाई भोजन खोज्नका लागि सहयोग गर्छ ।

२४. स्विडेनमा कागलाई मृत्त व्यक्तिको आत्मा मानिन्छ ।

२५. जन्मिएको दुई बर्षसम्म कागमा यौन परिपक्कता आएको हुँदैन ।

किन गरिन्छ कागको पूजा ?
कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ ।


बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।


कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।


‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।


यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं। १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।


यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने बिहीबार साँझदेखि नै शुरु भएको छ ।


यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यमदीपदानसहित यमपञ्चक भने बिहीबार बेलुकीदेखि नै शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने बिहीबार नै शुरु भएको छ ।


यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics