निकुञ्जमा पालिएका ढोई किन जङ्गली हात्तीबाटै गर्भवती हुन्छन् ?

काठमाडौं - चितवनको सौरहामा रहेका हात्तीहरू कहाँबाट ल्याइए होला ? आनि यसको प्रजनन् कृया कसरी हुन्छ ? यस्तो प्रश्न जो कोहीको मनमा त्यहाँ पुगेपछि आउन सक्छ ।

चितवनमा हात्तीको प्रजनन त्यही पालिएका भालेबाट नभई निकुञ्ज भित्र घुम्दै आउँने जङ्गली हात्तीबाट हुने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जमा घरेलु भाले हात्ती पनि छन्। तर, अधिकांश ढोई चितवनका वन वनै हिँड्ने जङ्गली हात्तीसँगको संसर्गपछि गर्भवती हुने गरेका छन्।

पछिल्लो समयमा प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरु  ध्रुर्बे, नाना पाटेकर, रोनाल्डो र रोमियोू जस्ता नाम दिइएका जङ्गली हात्तीबाट गर्भवती हुने गरेका छन्।

कर्मचारीहरू भन्छन् - जङ्गली भाले हात्तीहरु रातको समयमा हात्तीसार र वरपरका वनमा आउने गर्छन्। त्यहाँ ढोईहरूलाई प्राय फुकाएर राखिएको हुन्छ।

त्यस्तो बेला जङ्गली भालेले पोथीहरूलाई लिएर जङ्गल जाने गर्दछन् जहाँ दुवै केही दिन सँगै रहने गर्दछन्।

त्यसैक्रममा ढोईहरू गर्भिणी हुने गर्दछन्। ढोईहरूको प्रजनन जङ्गली हात्तीबाट मात्र किन हुन्छरु भन्ने प्रश्नको जबाफ सजिलो छैन। हात्तिसारमा राखिएका हात्तीहरू प्रजनन क्रियाकलापमा त्यति सक्रिया पाइएका छैनन्।

घरपालुवा भालेबाट विरलै प्रजनन हुने गरेको छ। ‘घरेलु हात्ती प्राय ढोईप्रति आकर्षित हुने गरेका छैनन्। पहिला थाईल्याण्ड बाट ल्याइएको वीरेन्द्रप्रसाद भन्ने भाले हात्ती थियो। त्यो हात्तीबाट भने २ वटा छावा जन्मिएका थिए। बाँकी सबैजसो जङ्गली हात्तीबाटै प्रजनन भएका हुन्,’ एक कर्मचारीले भने ।

ढोई गर्भवती भएको २२ देखी २४ महिनामा छावा जन्माउने गर्दछन्। पोथी हात्ती गर्भवती भएपछि त्यस हात्तीलाई प्रजनन् केन्द्रमा ल्याएर स्यहार सुसार गर्नुका साथै भेली र चामलको खीर, चना लगायतका पोषिलो खाना खुवाउँने गरिन्छ।

हात्तीलाई दैनिक १५ केजी धान, २५ ग्राम नुन लगायत आहारा दिने गरिन्छ।

विसं २०४० कै दशकमा नेपालले भारतलाई चारवटा गैँडा उपहार दियो। त्यसबापत नेपाललाई भारतले १६ वटा हात्ती दिएको थियो। भारतले ११ पोथी ५ भाले हात्ती दिएको थियो। तिनै हात्ती पालेर चितवनमा हात्ती प्रजनन् केन्द्र स्थापना गरियो।

अधिकारीहरूका अनुसार उक्त प्रजनन केन्द्रमा हालसम्म करिब ५० बढी छावा जन्मिईसकेका छन्। ती मध्ये २ वटा छावा मात्र घरपालुवा हात्तीको भएको र बाँकी वन वनै डुली हिँड्ने जङ्गली हात्तीबाट प्रजनन भएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics