चिसोले कठ्याग्रिंएर मृत्यु हुने भूकम्प पीडितको संख्या १८

जाजरकोट भूकम्प

जाजरकोट - जाजरकोटमा भूकम्पपछि अहिलेसम्म त्रिपालमुनि बस्दै आएका १८ जनाको मृत्यु भएको छ । चिसो बढ्दै जाँदा पहिलेदेखिका दीर्घरोगीहरु चिसोले थप पीडित हुँदा मर्ने क्रम बढेको हो । चिसोले वृद्धवृद्धा, सुत्केरी र बालबच्चा ज्यादा मारमा परेका छन् ।

जाजरकोटको कुशे गाउँपालिका- १ मा चिसोले भूकम्पपीडित एक बालिकाको मृत्यु भएको छ । स्थानीय सुनील बादीकी ३ वर्षकी छोरी रक्षाको चिसोको कारण मृत्यु भएको हो ।

बालिकालाई निमोनिया भएको र उपचारका लागि अस्पताल लैजाने क्रममा उनको छेडागाडस्थित मटेलामा मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए । अस्थायी टहरा पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्पपीडितको मृत्यु हुने क्रम बढेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics