कोप -२८ सकियो, के- के भयो सम्झौता ?

काठमाडौं - दुबईमा जारी जलवायु परिवर्तन सम्बन्धी सम्मेलन –कोप २८ ले विश्वव्यापी उष्णीकरण र यसको विनासकारी प्रभावबाट विश्वलाई सीमित गर्न फोसिल फ्युल (जीवाश्म ईन्धन) बाट टाढा जान आह्वान गरेको छ।

कोप २८ का रूपमा चिनिने संयुक्त राष्ट्र जलवायु सम्मेलनमा दुई हप्ता भन्दा बढी विवादास्पद वार्ता र विवादपछि यो सम्झौता सार्वजनिक भएको हो । यसलाइ जीवाश्म ईन्धन युगको समाप्तीको चरण पनि भनिएको छ ।

जीवाश्म इन्धन भन्नाले नवीकरणीय उर्जाबाहेकका सम्पूर्ण स्रोतबाट उत्पन्न हुने उर्जा शक्ति हाे । जस्तै कोइला, प्राकृतिक ग्याँस, कच्चा तेल, पेटेलियम उत्पादन, गैरनवीकरणीय फोहोरबाट उत्पादिन उर्जा वा इन्धन हुन् । यसमा कार्बन र हाइड्रोजन हुन्छ, जुन ऊर्जाको लागि जलाउन सकिन्छ।
सम्मेलनमा उपस्थित लगभग २०० देशहरू मध्ये सबै विशेष, गरी तीब्र गतीमा रूपमा बढ्दो तापक्रमको सबैभन्दा धेरै जोखिममा रहेका देशहरुले स्वागत गरेका छन् । तर पनि ग्लोबल वार्मिंगबाट हुने खतराहरू, विशेष गरी विकासोन्मुख राष्ट्रहरूलाई सम्बोधन गर्न पर्याप्त नभएकोमा आक्रोष पनि पोखेका छन् ।

साना टापु राज्यहरूको गठबन्धनले विश्वव्यापी जलवायु परिवर्तनमा थोरै योगदान र्पुयाउने देशहरूको प्रतिनिधित्व गर्दछ । तर उनीहरुले पहिले नै समुद्री सतहको बृद्धिबाट समस्या भोगिरहेका छन् । यी देशहरुले तिब्र असन्तुष्टी जनाएका थिए ।

कोपमा गठबन्धनका सदस्यहरू र जलवायु कार्यकर्ताहरूले जीवाश्म ईन्धनहरू हटाउने दिशामा स्पष्ट मार्गको लागि आह्वान गरेका थिए । उनीहरुले विश्वव्यापी तापक्रम बृद्धिको ७५ प्रतिशत कारण जीवाश्म इन्धनलाई मान्छन् ।

जलवायु परिवर्तनमा विज्ञान स्पष्ट छ । पृथ्वीको तापक्रम बृद्धिका कारण परिरहेकोे नकारात्मक प्रभाव जस्तै समुद्रको सतह बढ्दै गएको, वनस्पति र जनावरहरू हराउदै गएको, हानिकारक र घातक डढेलो, आँधी, खडेरी, गर्मी बाढी तथा हिउँ पहिरोलाई थप विनासकारी हुन नदिन जीवाश्म इन्धनको पूर्ण कतौटी हुनुपर्ने माग सम्मेलनमा सहभागीहरुको पनि थियो ।

सन् २०१५ मा विश्व नेताहरूले पूर्व औद्योगिक समयको तुलनामा २ डिग्री सेल्सियस भन्दा कम तापक्रम सीमित गर्न सहमत भए र सैद्धान्तिक रुपमा भने १.५ डिग्री सेल्सियस भन्दा कम तापक्रम बृद्धि हुनुपर्नेमा सहमती जनाए ।

वैज्ञानिकहरूले १.५ डिग्रभन्दा तापक्रम बृद्धि माथी भए, विश्वव्यापी खाद्य प्रणालीलाई जोखिममा पार्ने चेतावनी दिएका छन् । त्यस्तै, विश्वका अधिकांश कोरल चट्टानको अन्त्य हुने हिमालहरु पग्लिने जस्ता डरलाग्दा जोखिमहरु रहने चेतावनी दिइसकेका छन् । संयुक्त राष्ट्र संघका अध्यक्ष जिम स्कियाले संसार पहिले नै लगभग १।२ डिग्री सेल्सियस तापक्रममा पुगेको बताएका छन् ।

कोप २८ को अर्को सबैभन्दा ठूलो उपलब्धि भनेको जलवायु परिवर्तनबाट क्षती भोगिरहेका विकासोन्मुख देशहरूलाई उपलबध गराउने भनिएको हानी क्षती कोष हो ।

वर्षौंदेखि, विकासोन्मुख देशहरूले उनीहरूले विनाशकारी प्रभावहरूको लागि असर भाेगिरहका छन् जुन धनी राष्ट्रहरू धेरै जिम्मेवार छन् । अमेरिका जस्ता धनी देशहरू र युरोपमा भएकाहरूले ऐतिहासिक रूपमा जीवाश्म इन्धन प्रयोगबाट उत्सर्जनको सबैभन्दा ठूलो हिस्सामा योगदान पुर्‍याएका छन् जसले ग्रहलाई तातो बनाउँदैछ। मौसम चरम बिग्रँदै जाँदा र समुद्री सतह बढ्दै जाँदा, विकासशील देशहरूले नोक्सानी व्यहोरेका छन् ।

एक वर्ष पहिले जलवायु वार्तामा, राष्ट्रहरूले नयाँ नोक्सान र क्षति कोष स्थापना गर्न सहमत भएका थिए। अब, यसको लागि ७०० मिलियन डलर भन्दा बढी घोषणा गरिएको छ । थप पढ्नुहाेस्...........

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics