बाजुरामा ३.५ म्याग्निच्युडको भूकम्प

बाजुरा - बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहानै भूकम्प गएपछि भूकम्पबाट प्रभावित बनेका पीडित त्रसित बनेका छन् । बाजुरामा गत वर्षको माघ १० गते ५.९ म्याग्निच्युड भूकम्प जाँदा मानवीयका साथै भौतिक क्षति भएको थियो ।

यस्तै गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा १५४ जनाको मृत्यु भएको थियो भने जाजरकोट र रुकुम पश्चिमका अधिकांश घरहरुमा क्षति पुगेको थियो ।

जाजरकोट भूकम्पपछि ६ सय ६ पटक परकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics