भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, ४ को मृत्यु
- नेचर खबर
 
                                                        नयाँ दिल्ली – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भारतको केरलमा कोरोना भाइरसको जेएन–१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतको केरल राज्यमात्र यो भेरियन्टका १ हजार ३२४ संक्रमण पुष्टि भएको छ। भने संक्रमणबाट शनिबारमात्रै चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
केरलका स्वास्थ्यमन्त्री वीना जार्जले संक्रमण दर बढिरहे पनि चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताएकी छन्। उनले स्थितिलाई सरकारले नियन्त्रणमा राखेको बताइन्।
यसअघि उक्त भाइरस चीन र अमेरिकामा पुष्टि भइसकेको थियो ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस