चीनमा भूकम्प, मृत्यु हुनेको संख्या ११८ पुग्यो

बेइजिङ– चीनको गान्सु प्रान्तमा मङ्गलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११८ पुगेको छ ।

सरकारी सञ्चार माध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाए अनुसार उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिशान काउन्टीमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

सो भूकम्पमा परी २५० जना घाइते भएको पनि प्रान्तीय भूकम्प राहत मुख्यालयले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु लिनक्सिया चेङगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब १०० किलोमिटर टाढा रहेको थियो ।

भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics