चिसो बढ्यो, घटे कञ्चनजङ्घा क्षेत्रमा पर्यटक

फुङ्लिङ- चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको अवलोकन गर्ने पर्यटकको संख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले जानकारी दिए ।

विगतमा यस समयमा हिमपात हुन्थ्यो तर अहिले यस क्षेत्रमा हिमपात नभएको शेर्पाको भनाइ छ । पर्यटक नआएपछि यहाँका होटेल–लज पनि बन्द भएका छन् । होटेल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन् ने केही काठमाडौँ पुगेका छन् ।

चियो याम सुरु हुनुअघिसम्म कञ्चनजंघा क्षेत्रमा पर्यटकको उल्लेखनीय आगमन भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।

गत असोजदेखि पुससम्ममा विभिन्न देशका ७६० पर्यटक कञ्चनजंघा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको थियो ।

शेर्पाले भने, ‘कोरोना महामारीपछि पहिलोपटक यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक कञ्चजंघा क्षेत्रमा धेरै आएका छन् ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics