जापान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो

काठमाडौँ - जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ ।

अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको छ ।

झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।

हिजो सोमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics