क्षती -नोक्सानी कोषमा डा. महेश्वर ढकाल चयन

काठमाडौं - वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल संयुक्त राष्टसंघीय जलवायु परिवर्तन (युएनएफसीसीसी) अन्तर्गतको क्षती र नोक्सानी कोषको बोर्ड सदस्यमा चयन भएका छन् ।

उनी अति कम विकसित देशको तर्फबाट प्रतिनिधित्व गर्दै कोषमा मनोनयन भएको युएनएफसीसीुसीले जनाएको छ । यो प्रतिनिधित्व नेपालका लागि ठूलो उपलब्धीको विषय हो । यसबाट कोषमा उपलब्ध रकम नेपाल ल्याउन तथा विश्वसामु नेपालले भोगिरहेको असर सुनाउन र ध्यानाकर्षण गराउन ठूलो मद्दत पुग्नेछ ।
कोप २८ ले हालै मात्र जोखिममा परेका देशहरूलाई जलवायु परिवर्तनको असरसँग जुध्न मद्दत गर्न नोक्सान र क्षति कोष औपचारिक रूपमा सुरु गरिएको छ ।

थप पढ्नुस् - जलवायु नोक्सान र क्षति कोष स्वीकृत : कोष के हो र नेपाललाई किन आवश्यक छ ?

प्रारम्भिक कोष ३०० मिलियन डलर अनुमान गरिएको छ । आयोजक संयुक्त राज्य इमिरेट्स र जर्मनी दुबैले १०० मिलियन , युकेबाट ६० मिलियन, अमेरिकाबाट २४.५ मिलियन र जापानले १० मिलियन प्रतिवद्धता जाहेर गरेका छन् ।

नोक्सान र क्षति कोष पहिलो पटक गत वर्ष इजिप्टको शर्म अल शेखमा कोप २७ मा घोषणा गरिएको थियो । तर कोप २८ भन्दा अघिसम्म धनी र गरिब देशहरूले आफ्ना केही मतभेद हटाउन र कोषका मुख्य बुँदाहरूमा सहमत भएपछि सम्मेलनको पहिलो दिन यो घोषणा गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics