सिन्धुपाल्चोकमा ४.६ म्याग्नेच्युडको भूकम्प
- नेचर खबर
 
                                                        काठमाडौँ - सिन्धुपाल्चोकको तीन कुण्ड आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । 
आज (बिहीबार) बिहान १०:१७ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त मापन केन्द्रका अनुसार ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो । 
भूकम्पले सिन्धुपाल्चोक आसपासका जिल्लाहरूमा पनि धक्का दिएको महसुस गरिएको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस