जापान भूकम्प : मृत्यु हुनेको संख्या ७३ पुग्यो, १५ बेपत्ता

काठमाडौँ - पश्चिमी जापानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ ।

भूकम्पले भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस फसेको आशङ्कामा उद्धारकर्मीले स्निफर कुकुरको सहयोगमा खोजी कार्य जारी राखेका छन् ।

अहिलेसम्म १५ जना आधिकारिक रूपमा बेपत्ता रहेको बताइएको छ । बुधबार इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।

सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि महसुस गरिएका परकम्पहरूमध्ये यो एक थियो । भूकम्पपछिको वर्षाले चिसो बढेको छ । जसका कारण घरबारविहीन भएका मानिसले प्रकृतिको प्रकोपको सामना गरिरहेका छन् ।

वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेपछि उद्धारकर्मीलाई थप समस्या भइरहेको छ । सोमबारको भूकम्पको केन्द्रबिन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो ।

भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए ।

यस्तो विपद्मा विशेषगरी पहिलो ७२ घण्टा निकै महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics