..जब जलपन्छी गणना गर्दागर्दै नदीमा डल्फिन उफ्रियो

जब जलपन्छी गणना गर्दागर्दै नदीमा डल्फिन उफ्रियो

कैलाली – कैलालीको पथरैया र मोहना नदीमा पनि डल्फिन देखा परेको छ । यस अघि चितवनको नारायणी नदीमा पनि डल्फिन भेटिएको थियो ।

आइतबार टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा परेको हो ।

जलपन्छी गणनाको अवसर पारेर आज नदीमा जलपन्छी अवलोकन गर्न जाँदा मोहना नदीका र पथरैयाको दोभान र पथरैया नदीमा दुई वटा डल्फिन देखा परेको संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।

वर्षा याममा भने सो क्षेत्रमा सजिलै धेरै डल्फिन देख्न सकिन्छ । तर, बर्खा सकिएसँगै पानीको सतह घट्दै गएपछि डल्फिनहरु गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गरेका छन् ।

अहिले नदीमा पानीको गहिराई एक मिटरमात्रै रहेको अवस्थामा दुर्लभ डल्फिन आउनु निकै खुशीको कुरो रहेको ढुङ्गानाले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics