मलेसियामा बाढी : ८ हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर– हालैको बाढीबाट मलेसियामा ८ हजार भन्दा बढी जनता विस्थापित भएका छन् ।

मलेसियामा हिजाे साँझ ६ बजेसम्म बाढीका कारण ८ हजार ५६३ व्यक्ति विस्थापित भएको बताइएको छ । बाढीबाट प्रभावित क्षेत्रहरू मध्ये जोहर राज्य सबैभन्दा बढी प्रभावित भएको छ।

समाज कल्याण विभागका अनुसार जोहर प्रदेशमा ७ हजार १ सय ५३ जना विस्थापित भएका छन् भने पहाङ प्रदेशमा १ हजार ४१० विस्थापित भएका छन् । विस्थापितहरू ७७ वटा राहत केन्द्रमा स्थानान्तरण गरिएका छन् ।

यसै बीच मौसम विभागले उत्तरपूर्वी मनसुनका कारण भारी वर्षाको चेतावनी जारी गरेको छ । यस्तो वर्षा सामान्यतया अक्टोबरदेखि मार्चसम्म रहन्छ । उत्तरी राज्यहरू र दक्षिणपूर्वी पूर्वी तटमा कडा हावा चल्ने गर्दछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics