विश्वमा ४९ प्रतिशतले घटे चरा, मानव क्रियाकलाप मुख्य कारण

काठमाडौं – अहिले नेपालमा चरा गणना धमाधम भइरहेको छ । नेपालमा संख्या र यसको प्रजाती घट्छ या बढ्छ, आउने नतिजाले देखाउने छ । तर, विश्वमा चराको संख्या ४९ प्रतिशत अर्थात् ५ हजार ४१२ प्रजाति घट्दै गएको एक अध्ययनले पुष्टि गरेको छ ।

बर्ड लाइफ इन्टरनेशनल नामक अन्तराष्ट्रिय संस्था बर्ड लाइफ इन्टरनेशनलले हरेक चार वर्षमा सार्वजनिक गर्ने नयाँ प्रतिवेदन ‘स्टेट अफ द वर्ल्ड्स बर्ड्स’ ले यो तथ्य सार्वजनिक गरेको हो । यो एक वर्ष अघिको तथ्यांक हो । यसअघि सन् २०१८ को प्रतिवेदनमा बर्डलाइफ इन्टरनेशनलले विश्वभर ४० प्रतिशत चराको प्रजाति घट्दै गएको पत्ता लगाएको थियो, जुन अहिले बढेर ४९ प्रतिशत पुगेको छ, अर्थात् यी वर्षमा ९ प्रतिशतले कमी आएको छ ।

चराहरू पृथ्वीमा जताततै छन्, उच्च समुन्द्रमा सुन्दर ढंगले उड्ने अल्बाट्रोसदेखि लिएर दुर्गम वर्षावनको गहिराइमा गुँड बनाउने मालार्डहरू, माछा मार्न पानीको आधा किलोमिटर तल डुब्ने सम्राट पेन्गुइनहरू, सहरहरूमा गगनचुम्बी भवनहरूमा पुग्ने नेस्टिङ पेरेग्रीन फाल्कनदेखि लिएर अनेक चराहरू यहाँ पाइन्छ । यी चराहरू जैवविविधताको अंश मात्र होइनन्, यिनिहरूले हाम्रो पृथ्वीको स्वास्थ्यको बारेमा पनि जनाउँछन् ।

सार्वजनिक प्रतिवेदनमा करिब ३८ प्रतिशत अर्थात् ४ हजार २ सय ३४ प्रजातिको चराको जनसंख्या स्थिर रहेको छ भने ६ प्रतिशत (६५९) बढिरहेको छ । अन्य ६ प्रतिशत (६९३) बारे कुनै जानकारी उपलब्ध छैन । चराको संख्यामा यो गिरावट दुर्लभ र लोपोन्मुख प्रजातिमा मात्र सीमित नभएको खुलासा भएको छ । तथ्यांकका अनुसार विश्वभर १८७ प्रजातिका चराहरू छन् जुन १६ औं शताब्दीदेखि लोप भइसकेका छन् ।

कतिपय अवस्थामा सामान्य र व्यापक रूपमा पाइने चराहरूको संख्या पनि तीव्र गतिमा घट्दै गएको छ । यदि हेर्दा, यी सामान्य प्रजातिहरूको गिरावट तिनीहरूलाई लोपोन्मुख प्रजातिहरूको श्रेणीमा समावेश गर्न पर्याप्त नहुन सक्छ, तर तिनीहरूको गिरावटले वातावरण र पारिस्थितिकी प्रणालीलाई असर गर्न सक्छ ।

इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचरले जारी गरेको लुप्तप्राय प्रजातिको रातो सूचीमा रहेका चरासँग सम्बन्धित तथ्यांक हेर्दा विश्वभर १४०९ प्रजातिका चराहरू खतरामा छन् । एकै समयमा, आठ चरा प्रजाति मध्ये एक अर्थात् १२ प्रतिशत प्रजाति लोपको कगारमा छन् । यी चरा प्रजातिको कुल संख्या हेर्दा २३१ छन् भने ४२३ प्रजातिका छन् जसको ख्याल नगरे भविष्यमा विश्वबाट लोप हुनेछ ।

‘मानिस प्रकृतिको सबैभन्दा ठूलो शत्रु हो’


प्रतिवेदनका अनुसार चराहरूमा यो ह्रास आउनुमा हामी मानिस नै जिम्मेवार छौं । कृषि क्षेत्रको तिव्र विस्तार र सघनताका कारण चराको संख्यामा ह्वात्तै कमी आएको पाइएको छ । विश्वको दुई तिहाइ पक्षी प्रजातिहरूको घर रहेको वनलाई कृषिले द्रुत रूपमा नष्ट गरिरहेको छ । यससँगै कृषिमा ठूला मेसिन र कीटनाशकको प्रयोग हुने क्रमले यी चराचुरुङ्गी र उनीहरूको बासस्थानलाई पनि नोक्सान पु¥याइरहेको छ ।

हेर्दा झन्डै ७३ प्रतिशत चराको प्रजाति घट्नुको कारण कृषि विस्तार हो । यससँगै वनको तीव्र विनाश, आक्रमणकारी प्रजाति, प्राकृतिक स्रोतको बढ्दो लुट र जलवायु परिवर्तन जस्ता कारकहरू पनि उनीहरूका लागि ठूलो खतरा हुन् ।

त्यसैको परिणाम हो कि सन् १९८० पछि युरोपमा कृषियोग्य जमिनमा पाइने चराहरूको संख्या ५७ प्रतिशतभन्दा बढीले घटेको छ । यसैबीच, इथियोपियामा घाँसे मैदानलाई कृषि भूमिमा परिणत भएपछि त्यहाँ बस्ने लिबेन लार्क चराहरूको जनसंख्या १५ वर्षमा ८० प्रतिशतले घटेको छ । अहिले यो चराको ५० जोडीभन्दा कम बाँकि छ ।

त्यस्तै, उत्तर अमेरिकामा सन् १९७० देखि करिब २९० करोड चरा हराएको छ जुन त्यहाँको कुल चराको संख्याको २९ प्रतिशत हो । युरोपियन युनियनमा पनि सन् १९८० देखि ६० करोड चरा हराएको छ । त्यसैगरी, अष्ट्रेलियामा पनि सन् २००० देखि २०१६ सम्म समुद्री चराको प्रजाति ४३ प्रतिशतले घटेको छ । त्यसैगरी, भारतीय गिद्ध र लोपोन्मुख ग्रेट इन्डियन बस्टर्डको ह्रास पनि यसको जीवित उदाहरण हो ।

चराहरूको संख्या घट्नुमा हामी मानव नै जिम्मेवार छौं । जसले उनीहरूलाई कुनै न कुनै रूपमा असर गरिरहेको छ । यस्तो अवस्थामा यी चराहरूलाई बचाउन अगाडि आउनु हाम्रो दायित्व हो । समयसँगै संरक्षणका चुनौतीहरु बढ्दै गएका छन् । यस्तो अवस्थामा सरकारले आफ्ना प्रतिबद्धतालाई ठोस कार्यमा परिणत गर्नुपर्छ । तिनीहरू असफल भएका क्षेत्रमा सफल हुनुपर्छ, किनभने यी चराहरू र हाम्रो भविष्य एकअर्कामा निर्भर छन् ।
०००

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics