…अनि बघिनीले रूखलाई अँगालो हाली

मनछुने तस्बिरको कथा

"द एम्ब्रेस" अर्थात् अँगालो शीर्षकको सेर्गेइ गोर्शकोभले खिचेको 'वाइल्डलाइफ फोटो अफ द इअर २०२०' पुरस्कार प्राप्त गर्न सफल तस्बिर ।

काठमाडौं – केही वर्ष अघिबाट भाइरल भएको एउटा बाघको तस्बिर तपाईले देख्नुभएको छ ? देख्नेले बुझ्नुभएको छ, यो तस्बिरको भाव ? आउनुहोस्, आज यहीँ एक तस्बिर र सो तस्बिर खिच्ने वाइल्डलाइफ फोटोग्राफरको विषयमा चर्चा गरौं ।

पृथ्वीको दुर्लभ जनावरको फोटो खिच्न उच्च दक्षता हुनुपर्छ र उत्तिकै भाग्यमानी पनि । तर, सेर्गेइ गोर्शकोभ दुवै हुन् । रुसको सुदुर पूर्वमा रहेको जंगलभित्र खिचिएको आश्चर्यजनक तस्बिरले त्यही पुष्टि गर्छ ।

फिचर गरिएको यो तस्बिरले उनलाई सन २०३०मा वाइल्डलाइफ फोटोग्राफर अफ द इअर अर्थात् त्यो वर्षको जंगली जनावरको सबैभन्दा राम्रो तस्बिर खिचेका व्यक्ति बनाइदियो ।

के छ तस्बिरमा ?
लेपर्ड न्याशनल पार्कमा खिचिएको यो तस्बिरमा बघिनीले एउटा रुखलाई अँगालो हालेकी छ र रुखको बोक्रामा आफ्नो गन्ध बाँकी रहोस् भनेर शरीर दलेकी छ ।

प्रतिस्पर्धाकी एक निर्णायक रज किडम्यान कक्स भन्छिन्, ‘तस्बिर खिच्दा मिलाइएको प्रकाश, रङ र ढाँचा हेर्नुस त, त्यो तैल चित्र जस्तो छ ।’ उनले भनिन्, ‘बघिनी जंगलकै एक अंश जस्तो देखिएकी छ उ । उसको पुच्छर रुखको जरासँग मिलेको छ । रुख र बघिनी एकाकार भएको जस्तो ।’

कसरी खिचियो तस्बिर ?
अदभुत चाहिँ के भने यो तस्बिर त क्यामेरा ट्र्याप तस्बिर हो । अर्थात् उपकरण जंगलमा जडान गरेर छोडिएको थियो र बाघ देखापरेपछि आँफै तस्बिर खिच्ने गरी राखिएको थियो ।

निश्चित रूपमा सेर्गेइलाई त्यो जनावर कहाँनिर आउला भन्ने थाहा हुनुपथ्र्याे – त्यही नै अनुभवी जंगली जनावरको फोटो खिच्ने व्यक्तिसँग हुने खुबी पनि हो ।

पूर्वी रुसका बाघहरू दुर्लभ हुने सूचिमा पुगुञ्जेल शिकार गरियो । अहिले त्यसका केही सय मात्र संख्या बाँकी रहेको बताइन्छ ।

बाघका आहारा खासगरी मृग र जङ्गली बँदेलको संख्या पनि ठूलो मात्रामा घटेको छ । त्यसैले यी बाघहरू खानेकुरा खोज्न निकै दूरी चहार्नुपर्ने बाध्यतामा परेका छन् ।

त्यसैले सेर्गेइको जस्तो यो आकर्षक तस्बिरको के कुरा त्यस्तो जनावरको जुनसुकै तस्बिर खिच्न कति मुस्किल छ भन्ने प्रष्ट छ ।

क्यामराको अर्कै कथा
सेर्गेइको क्यामेराको कथा पनि आश्चर्यजनक छ । त्यो क्यामेरा ट्र्याप क्यामेराको मेमोरी कार्ड र अद्भुत तस्बिर पाउनु अघि दश महिनासम्म उक्त स्थानमा त्यसै छोडिएको थियो । उच्च कोटीको फोटोग्राफर बन्न तपाईँमा अत्यन्त धेरै धैर्यता चाहिन्छ भन्ने यो कुराले पनि पुष्टि गर्छ ।

सेर्गेइको तस्बिरको पुरस्कारको घोषणा डचेज अफ क्याम्ब्रिज र टीभी प्रस्तोता क्रिश प्याकहम तथा मेगन म्याककबिनले लण्डनको न्याचुरल हिस्ट्री म्युजियमले आयोजना गरेको अनलाइन कार्यक्रममा गरेका थिए । उक्त म्युजियमले ५६ वर्षदेखि यस्तो फोटो प्रतियोगिता गर्दै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics