विपद्सँग जुध्ने संरचना निर्माणमा विद्यालय पहिलो प्राथमिकतामा राखौँ : सुनिता डंगोल

काठमाडौं - काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनले धेरै संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेकोमा जोड दिइन् । विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने डङ्गोलको भनाइ छ ।

उनले भनिन्, ‘हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११ औँ नम्बरमा पर्छ । त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ । त्यसका लागि महत्त्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ । पूर्वतयारीलाई काठमाडौँ महानगरले प्राथमिकतामा राखेको छ । आगामी दिनमा भूकम्पमात्रै नभई विभिन्न विपद्‍बाट जोगिन संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्छ । भूकम्प लगायतका विपदमा हामीले हाम्रो स्थानीय प्रविधि प्रयोग गर्न सक्ने क्षमता छ, त्यो प्रयोग गरौँ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics