सगरमाथा क्षेत्र मुनिको भू-भाग जटिल बन्दै, तिब्बत २ टुक्रा हुन सक्ने

काठमाडौं – एक नयाँ अध्ययनले चीनको स्वशासित क्षेत्र तिब्बतको भूखण्ड हिमालयको मुनि दुईवटा टुक्रामा विभक्त भैरहेको देखाएको छ । शोधकर्ताहरूका अनुसार महाद्वीपीय प्लेटका टुक्रा विस्तारै छुट्टिइरहेका छन् ।

अमेरिकन जियोफिजिकल युनियनको वार्षिक बैठकमा प्रस्तुत गरिएको एक प्रारम्भिक शोध अनुसार विश्वको सबैभन्दा अग्लो पर्वतको मुनिको भूविज्ञान पहिलेको तुलनामा थप जटिल बन्न सक्ने बताइएको छ । शोधका अनुसार भारतीय तथा युरेशियन टेक्टोनिक प्लेटहरू एक आपसमा ठोक्किइरहेका छन्, जसका कारण हिमालय विस्तार भैरहेको छ ।

सामुद्रिक तथा महाद्वीपीय प्लेटको टकरावको परिणामबारे भूवैज्ञानिकहरू जानकार छन् । तर, जब दुईवटा महाद्वीपीय प्लेटहरू एकआपसमा टकराउँछन् त्यसको परिणामको आँकलन गर्न मुस्किल हुन्छ । किनकि दुवैको घनत्व समान हुन्छ ।

जब सामुद्रिक प्लेट सघन हुन्छ तब सब्डक्सन नामक प्रक्रियाबाट यो हलुका महाद्वीपीय प्लेटको मुनि धस्सिन्छ । कतिपय भूवैज्ञानिकहरूका अनुसार प्लेट अन्डरप्लेटिंग नामक प्रक्रियामा युरेशियाली प्लेटको मुनि धस्सिन सक्दछ । जसमा एउटा महाद्वीपीय प्लेट मेन्टलको गहिराइसम्म नतैरिइकन अर्को प्लेटको मुनि धस्सिन्छ ।



कतिपय शोधकर्ताहरूका अनुसार भारतीय प्लेटको भित्री हिस्सा झुकिरहेको छ र माथिल्लो हिस्साले तिब्बतको ठूलो हिस्सामाथि दबाब बनाइरहेको छ ।

नयाँ शोधका अनुसार भारतीय प्लेट सबडक्टिंग गरिरहेको छ । तर, यसो गरिरहँदा भारतीय प्लेट झुकिरहेको पनि छ र फाटिरहेको पनि छ । यसको माथिल्लो आधा हिस्सा टिनको डिब्बाजस्तै गरी उप्किइरहेको छ ।

शोधकर्ताहरूले पृथ्वीको सतहको माथिल्लो हिस्सा अर्थात् क्रस्ट हुँदै गुज्रिने भूकम्पीय तरंगको जाँच गरेका छन् जहाँ दुईवटा प्लेट एक आपसमा ठोक्किन्छन् । यी तरंगको प्रयोगबाट शोधकर्ताहरूले भारतीय प्लेटको पत्रको स्लाबमा दरार देखिने चित्र तयार पारेका छन् ।

साइन्स म्यागेजिनको रिपोर्ट अनुसार केही स्थानमा भारतीय प्लेटको तल्लो हिस्सा २ सय किलोमिटर सम्म गहिरो छ भने केही स्थानमा यसको गहिराइ केवल १ सय किलोमिटर मात्रै छ । यसबाट पनि के पुष्टि हुन्छ भने भारतीय प्लेटको केही हिस्सा उप्किइसकेको छ ।

सन् २०२२ मा शोधकर्ताहरूले हिमालयमा दुईवटा प्लेटको मिलन हुने सिमाना पत्ता लगाउनका लागि त्यस क्षेत्रमा तातोपानीको झरनादेखि हिलियम ग्यासका फोकाहरूमा रहेको भिन्नताको नक्सांकन गरेका थिए । –एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics