हाब्रे जोगाउन भिडियोग्राफी प्रतियोगिता, भाग लिने हो ?

काठमाडौं – रेड पाण्डा (हाब्रे) को महत्वका विषयमा प्रचार–प्रसार गर्न र जोगाउन सचेतना अभियानस्वरूप भिडियोग्राफी प्रतियोगिता आयोजना गरिने भएको छ ।

प्रतियोगितामा भाग लिन तीन जनासम्मको एउटा समूह बनाउन सकिनेछ भने एउटा समूहले पाँच मिनेटसम्मको एउटा मात्र भिडियो प्रेषित गर्न सक्नेछन् ।

भिडियो नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा बनाउन सकिनेछ । जलवायु परिवर्तनको असर र हाब्रे संरक्षणको उपायलाई प्रभावकारी रूपमा भिडियोमा दर्शाउने एउटा समूहलाई विजयी घोषणा गरिनेछ ।

विजयी हुने समूहलाई हाब्रे संरक्षणमा सक्रिय संस्था रेड पान्डा नेटवर्कले पुरस्कृत गर्नेछ । ‘प्रतियोगिता मार्फत हामीले विद्यार्थीहरूको संरक्षण उपाय के रहेछ ? उनीहरूले आफ्नो उपायलाई कसरी प्रस्तुत गर्छन् भन्ने उजागर गर्न खोजेका हौं,’ आयोजक ग्रीन फेमिली नेपालका कार्यक्रम संयोजक अनुस उदयले भने ।

पोखरेली संस्था ग्रीन फेमिलीसँगै जलवायुजन्य सचेतना र संरक्षमा सक्रिय नेपलिज यूथ फर क्लाइमेट एक्सनले पनि प्रतियोगितामा समन्वय गर्दै छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics