वायु प्रदूषणका कारण नेपालमा मृत्यु उच्च, हाल सम्म ४२ हजार १०० को गयो ज्यान

काठमाडौं – नेपालमा वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को उक्त तथ्यांक अनुसार काठमाडौंमा मात्रै ५ हजार ८० जनाको वायु प्रदूषणका कारणले मृत्यु भएको छ भने अन्य जिल्लामा पनि यो क्रम उच्च छ ।

वायु प्रदूषणका कारणले दीर्घाकालीन फोक्सोको रोग, मस्तिष्कघात, मुटुरोग, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण लगायत समस्याका कारणले ४२ हजार १ सय जनाको मृत्यु भएको हो ।

वायु प्रदूषणका कारणले विश्वभर ७० लाख जनाको मृत्यु भएको डब्लुएचओले उल्लेख गरेको छ ।

काठमाडौँमा गाडीको उत्सर्जन, फोहोर बाल्ने, इँटा उद्योग, घर भित्रको वायु प्रदूषण, निमार्णका कार्य लगायत कारणले हुने गरेको पाइएको छ । डब्लुएचओले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमको रूपमा लिएको छ ।

काठमाडौँ उपत्यकाको भू–बनौट कचौरा आकारको भएको एवं यहाँको द्रुत सहरीकरणले गर्दा काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार काठमाडौँको वायुमा पी.एम् २.५ (२.५ माइक्रोनभन्दा साना कण) को वार्षिक औसत मात्रा विश्व स्वास्थ्य संगठनको निर्दिष्ट मान्यताभन्दा १० गुणा बढी छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics