‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’
- नेचर खबर
काठमाडाैं - सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानुन निर्माणको काम भइरहेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित क्यान इन्फो–टेक २०२४ समारोहलाई सम्बोधन गर्दै उनले संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मासाथ गरे पनि त्यसलाई नियमन र व्यवस्थित गर्न कुनै कानुन नभएको भन्दै मन्त्रालय कानुन निर्माणको निम्ति युद्ध स्तरमा जुटेको बताएकी हुन् ।
उनले भनिन्, ‘सूचना र प्रविधि अगाडि अगाडि, तपाई हामी पछाडि पछाडि छौँ । हाम्रो विडम्बना यहीँ छ । संसारमा उत्पादन हुने वा विकास हुने नयाँ प्रविधिलाई हामी आत्मासाथ गरी नै रहन्छौँ । तर त्यसलाई नियमन र व्यवस्थित गर्न हामीसँग कानुन छैन । त्यो कानुन निर्माणको निम्ति मन्त्रालय युद्ध स्तरमा जुटको छ ।’
मन्त्री शर्माले आम नागरिकको आधुनिक जीवनशैलीको आधार बन्दै गएको सूचना र प्रविधिलाई अब सुशासन र समृद्धिको आधार बनाउनुपर्ने धारणा राखिन् । उनले समृद्धिको आधार भनेकै सूचना र प्रविधि हो भनेर सैद्धान्तिक रूपमा स्वीकार गरे तापनि अझै व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन् ।
सुशासन सामाजिक न्याय र समृद्धिको मूल एजेन्डासहित सरकार अघि बढेको र त्यसैमा आधारित रहेर आगामी १६ औँ योजनाको तयारीमा जुटेको जानकारी दिइन् । सूचना र प्रविधिको क्षेत्रबाट लगानी गर्न सके अर्थतन्त्र सबल बन्न सक्ने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस