ताप्लेजुङमा लिलाम भएन गोलिया, १५ सय क्युविक फिट सड्ने अवस्थामा

ताप्लेजुङ – डिभिजन वन कार्यालय ताप्लेजुङको परिसरमा काठका गोलिया असरल्ला राखिएका छन् । कुनै कुहिन थाले कुनै माटो भइसके । तर, अझै लिलाम हुन सकेको छैन । डिभिजनल वन अधिकृत बद्रीप्रसाद साह भन्छन्, ‘सूचना निकाल्दा पनि लिलाम भएन ।’

पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको अधिकृत साह बताउँछन् ।

उनका अनुसार डिभिजन वन कार्यालय परिसरमा एक हजार ४०२.९१ क्युविक फिट गोलिया काठ लिलाम गर्ने अवस्थाका छन् । वन कार्यालयको तथ्यांक अनुसार एक हजार ३७८.४४ क्युविक फिट उत्तिस र २४.४७ क्युविक फिट मलातो प्रजातिको काठ छ ।

विभिन्न समयमा अवैध रूपमा कटान गरिएको अवस्थामा फेला पारी वन कार्यालयले उक्त काठ नियन्त्रणमा लिएको थियो । यो काठ समयमा लिलाम नभए लाखौंको नोक्सानी हुने अधिकृत साह बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics