जब भालुको बच्चा मह खाएर मात्यो…

काठमाडौं – टर्कीको उत्तर–पश्चिमी डुज्से प्रान्तमा नशालु मानिएको मह (म्याड हनी) खाँदा खैरो भालुको बच्चा मातेको अवस्थामा फेला पर्यो । उसको अवस्था मातेर कमजोर भएको थियो । त्यसलाई स्थानीय वन कर्मचारीले उद्धार गरेर पशु चिकित्सककोमा पुर्याएका थिए ।

भालुले खाएको महलाई म्याड हनी वा टर्कीमा डेली बाल भनिन्छ । स्थानीय यसलाई पागल मह पनि भन्छन् । माहुरीले एक निश्चित प्रकारको रोडोडेन्ड्रनबाट उत्पादन गर्छ र यसले हलुसिनोजेनिक प्रभाव पार्न सक्ने भएकाले उक्त मातेको भालुलाई उद्धार गरी उपचारमा लागिएको बताइएको छ ।

बच्चा भालुको उपचारपछि पुनः जंगलमा छाडिएको छ । भालुलाई उद्धार गरेर एउटा जीपमा राखेर लगिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा भालुलाई स्वास फेर्न गाह्रो भएको र रोइरहेको देखिन्थ्यो । उसलाई माहुरीले समेत टोकेको थियो ।

यो मह टर्कीको कालो सागर क्षेत्रमा उत्पन्न हुन्छ । यसको काकर पहाडहरूमा माहुरीपालकहरूले थोरै मात्रामा उत्पादन गर्छन् । यो धेरै देशहरूमा महँगो मुल्यमा कन्नबेच पनि हुन्छ । यसको थोरै मात्राले पनि हल्का टाउको दुखाइ, उत्साहको भावना र भ्रममा पार्न पनि सक्छ ।

यसको धेरै मात्रा खाए मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् । यो महको अनौठो प्रभाव हजारौं वर्षको लागि दस्तावेज गरिएको छ ।

ग्रीक दार्शनिक र सैन्य नेता जेनोफोनले ४०१ ईसा पूर्वमा एक अभियानको क्रममा सिपाहीहरूमा यो मह खानुको प्रभाव वर्णन गरेका छन् । यो महलाई स्थानीय पागल मह पनि भन्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics