माैसम : देशभर आंशिकदेखि साधारण बदली

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । देशभर यतिबेला आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा भने हल्का हिमपातको सम्भावना छ । यस्तै आज राति कोशी र मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics