के हो फ्लाईट राडर २४ डट कम



तपाई आफ्ना आफन्तहरु बिदेशबाट आउदै हुनुहुन्छ भने पक्कै पनि विमानस्थल जान आतुर हुनुहुन्छ । प्रियजनको पर्खाइ सँगै विमान कतिबेला आइपुग्ला भन्ने उत्सुकताले थप पिरोल्न थाल्छ । बिना सुचना घण्टौ पर्खाइमा पर्नु हुन्छ ।

चिन्ता नलिनुहोस तपाईलाई हामी ठिक समयमा बिमानस्थल जान र आकासमा कुन ठाँउमा तपाइको अगन्तुक उडिरहनु भएको छ भन्ने हेर्ने केही वास्तविक र सहज तरिका बताउँछौ ।

आफुले चाहेको विमान कुन अवस्थामा छ हेर्नका लागि www.flightradar24.com वेभ पेज खोली सर्च अप्सनमा गइ विमान कम्पनीको कोड इन्ट्रि गर्नासाथ सम्वन्धित विमान ट्रयाक हुन्छ । सो विमानमा क्लिक गर्नासाथ त्यसको उडान डाटा सहितको म्याप र वास्तविक अवस्था हेर्न सकिन्छ ।

यसले कुनै पनि फ्लाइटको उडान अवधि सुरु भए पश्चात पूर्ण अवतरण नभए सम्मको सचित्र वास्तविक उडान विवरण प्रदान गर्दछ । यसबाट कुनै विमानकाे उडान सुरु, गन्तव्य, उडान नं तथा बांकी भएको उडान दुरी, विमानको प्रकार, अवस्था तथा उचाइ, अनुमानित अवतरण समय, गति आदि लगायतका विवरण हेर्न सकिन्छ ।



फ्लाईट राडर २४ डट कम स्विडेनको इन्टरनेटमा अधारित प्रविधि हो । यसले संसार भरिका विमानहरुलाइ निगरानी गरी कुन विमान के अवस्थामा छ सो को जानकारी गराउछ । भु उपग्रहकाे प्रविधले विमानसंग भएको डाटा इन्टरनेट हुदै तपाइ हाम्रो पहुँच सम्म आइपुग्न सहयोग गर्दछ ।

सन् २००६ मा वायुसेवामा उत्सुक दुइ जना व्यक्तिले शाेखका रुपमा प्रतिपादित गरेको यो प्रविधि वेभ पेज र फ्लाईट राडरको रुपमा मोवाइल एप्लिकेशनमा समेत उपलब्ध छ ।

यसको उपयोगले तपाई घरमै बसेर आफन्तको उडान अवधि, अवतरण समय, मौसम वा अन्य कुनै कारण भएको डाइभर्ट, स्पिड र वास्तविक ल्याण्डिङ समय हेर्न सक्नु हुन्छ ।

राजन शर्मा

प्रतिक्रिया दिनुहोस

web
analytics