नेपालमा पहिलोपटक सुन्तलाको कार्बन सञ्चिति क्षमता मापन

धनकुटा – कृषि वैज्ञानिकले धनकुटामा रहेको सुन्तला बालीको कार्बन सञ्चिति क्षमता मापन गरेका छन् । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिकले उक्त अनुसन्धान गरेका हुन् । सो अनुसन्धानको नेतृत्व कृषि वैज्ञानिक डाक्टर उमेश आचार्यले गरेका थिए ।

वैज्ञानिक डा. आचार्यको समूहले गरेको अध्ययनमा आठदेखि ५० वर्ष अवधिको सुन्तलाको एउटा बोटले विश्वव्यापीरूपमा भइरहेको उत्सर्जनको वार्षिक २३ किलोसम्म कार्बन सञ्चिति गर्न सक्ने नयाँ तथ्य पत्ता लागेको हो ।

सुन्तलाको एउटा बोटबाट वार्षिक २३ किलो कार्बन सञ्चिति

कृषि मन्त्रालयका अनुसार नेपालमा अहिले एक लाख ७५ हजार हेक्टरमा विभिन्न जातको फलफूल खेती भइरहेको छ । यसमध्ये ४९ हजार हेक्टरमा सुन्तलालगायत कागती, जुनार, ज्यामिर, भोगटेजस्ता अमिला जातका फलफूल खेती भइरहेको छ ।

यस्तै कुल २६ हजार हेक्टर सुन्तलाले ढाकेको छ । सुन्तलाले सञ्चित गर्न सक्ने कार्बन परिमाणबारे यसअघि नेपालमा अध्ययन–अनुसन्धान भएको थिएन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics