विश्व सामाजिक मञ्चको १६औं सम्मेलन आजबाट

काठमाडौं - सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापी रुपमा आयोजना हुँदै आएको ‘विश्व सामाजिक मञ्च’ को १६औँ सम्मेलन यसपटक नेपालमा हुँदै छ । सम्मेलन आजबाट काठमाडौंको भृकुटीमण्डपमा पाँच दिनसम्म हुने बताइएकाे छ ।

सम्मेलनमा नेपाल र भारतसहित विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधि सहभागी हुनेछन् । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने सम्मेलनमा नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, छुवाछुत तथा रंगभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल र बहस हुने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ ।

सम्मेलनका क्रममा १३ वटा मुख्य विधामा आधारित भएर साना/ठूला ४०२ वटा कार्यक्रम हुने जनाइएको छ । सम्मेलनका लागि ९२ देशका एक हजार २५२ वटा संस्था र समूहहरु स्वआयोजकका रुपमा दर्ता भएका छन् । सम्मेलनमा ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics