आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
- नेचर खबर

काठमाडौं - नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि नै भट्टले आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् ।
भट्टको कार्यकालमा २०७१ असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस