जंगली हात्तीको आक्रमणबाट झापामा एक महिला घाइते

झापा – झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

मेचीनगर नगरपालिका–१२ स्थित कालिका सामुदायिक वनमा दाउरा खोज्न गएका बेला मंगलबार दिउँसो साढे १२ बजे हात्तीले आक्रमण गर्दा सोही स्थानकी ३१ वर्षीया चन्द्र कुमारी आङदाम्बे घाइते भएकी हुन् ।

सोही स्थानको पाथीभरा टोलका ४–५ जना महिलासहित उनी पनि दाउरा खोज्न गएकी थिइन् ।

एउटा जंगली हात्तीको आक्रमणबाट उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

वनमा घटना भए लगतै प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थल पुगेका थिए । अन्य महिला भने भागेर जोगिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics