मौसम : वर्षा, बदली र हिमपातको सम्भावना
- नेचर खबर

काठमाडौं - आज कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति : कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस