काठमाडौँ लगायत देशका विभिन्न स्थानमा वर्षा

काठमाडौँ - काठमाडौँ लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जनाएको छ ।

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ।

मौसमविद्का अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics