घाइते अवस्थामा उद्धार गरिएको पाटेबाघको मृत्यु

पर्सा – पर्सामा घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटेबाघको मृत्यु भएको छ ।

ठोरी गाउँपालिका– ५ सुवर्णपुरबाट घाइते अवस्थामा वयस्क पाटेबाघको उद्धार गरिएकोमा सोमबार बिहान त्यसको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।

उद्धारपछि निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । बाघलाई आइतबार राति निकुञ्जका कर्मचारीले खाना दिएका थिए । तर, सोमबार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

यसअघि समेत निकुञ्जको खोरमा रहेको तीनवटा पाटेबाघमध्ये एक बघिनीको मरेको थियो । करिब १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाइते भएको निकुञ्जका सूचना अधिकारी भगतले बताए ।

उनका अनुसार घाइते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञचिकित्सकको सहयोगमा उपचार भइरहेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics