अब ध्रुवीय भालुले जमिनमा जिउने दिन आएको हो ?

काठमाडौं – जलवायु परिवर्तनका कारण समुद्रमा बरफ जम्ने समय अवधि घट्दो छ । यस कारण ग्रीष्मयामको लामो समय ध्रुवीय भालु (पोलर बेअर)हरू जमिनमै बस्न बाध्य भएका छन् ।

यसले पारेको असरबारे थाहा पाउन संयुक्त राज्य अमेरिकको यूएस जीअलजीकल सर्भे र वाशिङ्टन स्टेट यूनिभर्सटीले उत्तरी क्यानडाका केही पोलर बेअरको घाँटीमा क्यामरा बाँधेर एउटा अध्ययन गरेको छ ।

समुद्री जीव ‘सील’को सिकारका लागि पोलर बेअरलाई बरफ चाहिने हुँदा बरफ नजमेको अवस्थामा उनीहरूले आहारा कसरी खोज्छन् भनी थाहा पाउनु यस अध्ययनको उद्देश्य थियो ।

यसका अतिरिक्त अध्ययनले जलवायु परिवर्तनका कारण पोलर बेअरको संख्या उल्लेख्य मात्रामा घट्न सक्ने निष्कर्ष निकालेको छ । किनकी उनीहरूलाई तातोमा आफुलाई बचाउन सकस पर्छ । उनीहरूको गर्मीका समयमा तौल समेत घट्ने गरेको छ । यो समय उनीहरू आफुमा भएको शक्ति सञ्चयमा मात्रै लाग्ने उक्त अनुसन्धानले देखाएको छ ।

क्यानडाको दक्षिणी हडसन र वेस्टर्न हडसन खाडीको आबादीमा धेरै ध्रुवीय भालुहरू बस्छन् । ती भालुको दैनिकीलाई पनि विज्ञले अनुसन्धान गरेका छन् । गर्मीको समयमा यहाँका जमिनमा पनि जबरजस्ती सामुद्रिक बरफ पग्लिन्छ र वार्षिक आधारमा झर्छ ।

यी क्षेत्रहरूमा तापक्रम ३० डिग्री सेल्सियससम्म पुग्न सक्छ । यी तापक्रमको अनुभव गरिरहेका जंगली भालुहरूका लागि, उनीहरूले गर्न सक्ने सबै भन्दा राम्रो कुरा भनेको आराम गर्नु हो । ऊर्जाको संरक्षण गर्नु हो, र तिनीहरूको अत्यधिक तातो हुने सम्भावना कम गर्नु हो । ती भालु चिसो तटीय पानीमा समय बिताउँछन् र बालुवामा दिनको ओछ्यान खन्छन् यो नै ध्रुवीय भालुलाई चिसो पार्ने उत्कृष्ट तरिका हो ।

मानव कारणले जलवायु परिवर्तनको असर बढ्दा सबैभन्दा बढी यी जनावर प्रभावित भएको देखिन्छ । पछिल्लो समय गर्मीको समय बढ्दै छ । अबका दिन ध्रुवीय भालुले जमिनमा पनि समय विताउनु वा जिउनु पर्ने अवस्था आउने अनुसन्धानहरूले देखाएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics