त्रिभुवन विमास्थलमा चितुवा !



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र चितुवा पसेपछि सोमबार विहान  बन्द भएको विमानस्थल कहीबेर अघि सुचारु भएको छ । सोमबार बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको थियो ।

एयरपोर्ट प्रहरीका अनुसार चितुवा रनवे र ट्याक्सी वेको बीचमा रहेको पानी जानको लागि बनाइएको ठाउँमा लुकेको छ । अहिले दुबैतिर सुरक्षाकर्मी र सिकारी तैनाथ गरिएकोले विमानस्थल सुचारु गरिएको छ । प्रहरीका अनुसार अहिले राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागलाई खबर गरिएको छ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त जनावर के हो अझै पत्ता लागेको छैन । उनका अनुसार बिहान करिव ३० मिनेट जति विमानस्थल बन्द गरिएको थियो ।

ठाकुरका अनुसार अहिले धावनमार्गमा केही समस्या छैन । जहाजहरुले फ्लाइट गरिरहेका छन् । अहिले प्रहरी सहितको सिकारी टोलीले चितुवाको खोजि गरिरहेको छ। विमानस्थलमा पटक पटक जनावर छिर्न थाले पछि विमानस्थलले सिकारीको व्यवस्था गरिएको थियो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics