सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

काठमाडौं - सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांशको निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics