आजको मौसम : अधिकांस स्थानमा वर्षाको सम्भावना

काठमाडौं - आज मुलुकका अधिकांस स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का बर्षा हुने छ ।

बाँकी भू–भागका पनि केही स्थानमा छिटफुट बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर समान्यतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन सहित हल्का देखि मध्यम बर्षा र बाँकी भू–भागका केही स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics